वीरगंज, पर्सा ।जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मको आधारमा बंसज नागरिकता असार १० गते देखि बितरण सुरु गरेको मंगलबार सम्म ९ सय ७५ जनाले बंसजको नागरिकता पाएका छन्।
२०६३ सालमा नेपाली नागरिकता पाएका भारतीयका बालिग सन्तानले असार १० गते देखि नेपाली नागरिकता पाइरहेका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रसासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार हाल टोकन प्रणालीको आधारमा नागरिकता वितरण भइरहेको बताएका छन्।
‘नागरिकता लिन आउनेहरुको अत्यधिक चाप बढेपछि असार १० गते पहिलो दिन बाहेक त्यसपछिका दिनहरुमा टोकन प्रणालीबाटै नागरिकता वितरणको काम भइरहेको छ,’ उनले भने,। टोकन प्रणालीबाट नआउनेलाई नागरिकता वितरण नगरिएको पनि उनले बताए । पछिल्लो समय दैनिक ७० देखि १ सयको हाराहारीमा नागरिकता वितरण भइरहेको उनले बताए ।
साथै वीरगंज महानगरपालिका वार्ड नं १,२,७ र १६ मा नागरिकताको सिफारिसको लागि धेरै भिड भएको बताइएको छ। आमाको नामबाट नागरिकता वितरण कार्य भने सुरु भएको छैन।
जिल्ला प्रसासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आमाको नामबाट नागरिकता वितरण कार्य तत्काल सुरु नभएको बताए। उनले छव हजार अनलाईन निवेदन दिएकामध्ये एक दर्जन जतिले मात्र आमाको नामबाट नागरिकता माग गरेको जानकारी गराए।
यसरी नागरिकता लिनका लागि कुनै समय सीमा नरहेको र आवश्यक कागजातसहित टोकन प्रणालीको बाटोबाट आउने सबैले नागरिकता पाउने उनले बताए । कार्यालयमा बिहान १० बजेदेखि नै नागरिकता लिन आउने सेवाग्राहीहरुको बाक्लो भीड लाग्ने गरेको छ । कार्यालयले पनि नागरिकता वितरण कार्यलाई नै हाल प्राथमिकतामा राखेको सप्रजिअ पौडेलले बताए ।















