हरिवन । हरिवन नगरपालिका वन तथा वातावरण शाखाको आयोजना तथा सर्लाही वन प्राविधिक समाज र सामुदायिक वन उपभोक्ता महासघ, नेपाल जिल्ला महासघ सर्लाहीको सहकार्यमा ११ न. वडा कार्यलयको सभाहलमा समृद्धिको लागि वन परियोजना (Forests for Prosperity Project) अन्तर्गत वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुहुने वन,वातावरण,विपद व्यवस्थापन समितिका सयोजक तथा वडा न.२ का अध्यक्ष अर्जुन योन्जनले परिणाममुखी र जनताहरुलाई प्रत्यक्ष लाभ हुने गरि योजना बनाएर अगाडि बढ्नुपर्ने कुरा जोड गर्नुभएको थियो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA


कार्यक्रममा सर्लाही वन प्राविधिक समाज अध्यक्ष तथा डिभिजन वन कार्यलय,सर्लाहीका सहायक वन अधिकृत सजन चौधरीले आ.व. २०८०/८१ को योजना तथा कार्यक्रमहरु छनोट गर्दा वन क्षेत्रमा काम गरिरहेको अन्य संघसस्था तथा कार्यालयहरुको समन्वयनमा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रमका संचालक तथा हरिवन नगरपालिका सहायक वन अधिकृत सुवाश कुशवाहाले समृद्धिको लागि वन परियोजना कार्यक्रमको बारेमा उपस्थित सरोकारवालाहरुलाई प्रष्ट पारे । यस आ.व.२०७९/८० मा संचालन भैइरहेको कार्यक्रमहरूको बारेमा प्रष्ट पार्नुको साथसाथै आगमी आ.व २०८०/८१ मा संचालन र्गन सकिने कार्यक्रमहरूको बारेमा संक्षिप्तमा जानकारी राख्दै अन्य सरोकारवालाहरूको मन्तव्यको क्रममा जोडेका थिए ।
कार्यक्रममा वन,वातावरण,विपद व्यवस्थापन समितिका सदस्य टम बहादुर घिसिङ र विशाल साहशकर, हरिवन नगरपालिकाको ११ वटै वडाका अध्यक्ष र जनप्रतिनिधि, सामुदायिक वनको अध्यक्षहरू, हरिवन उधोग वाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते ,हरिवन जेसिजका अध्यक्ष राजेश चौधरी, उष्ण प्रदेशिय बागवानी केन्द्र, नवलपुरका प्रतिनिधि, डिभिजन वन कार्यलयका सहायक वन अधिकृत सजन चौधरी, जानकी नगर सव डिभिजन वन कार्यालयका प्रमुख विनय कुमार, फेकोफन केन्द्रीय सदस्य पार्वती वि . क, फेकोफन हरिवन नगर अध्यक्ष केशव ढकाल, फेकोफन हरिवन सलाही जिल्ला अध्यक्ष सीताराम पोखरेल, हरिवन वडा नं .३,४ र ५ का कृषि वन अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
















