शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

इमरान खान / कपिलवस्तु  : कोभिड कहर पछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर ब्याबसाय माथी परिरहेको अबस्थामा अर्थतन्त्र चलायमान बनाउन र ब्याबसायिलाइ बिस्थापित हुनबाट जोगाउन तिनै तहका सरकार को सहयोग अवश्यक रहेको करदाता सेवा केन्द्र तौलिहवा का कर अधिकृत ( प्रमुख ) सुरेस बराली ले बताउनु भएको छ ।

अर्थतन्त्र को मेरुदण्ड को रुपमा रहेको ब्याबसायिक क्षेत्र र कर कार्यलय बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउदै उहाँले भन्नुभयो ब्याबसायिहरु आफ्नो मर्यादा भित्र रहेर कारोबार गरेको अबस्थामा आफुले अनावश्यक झन्झट को अवस्था आउन नदिन म प्रतिबद्ध छु , हामी नयाँ युवा नयाँ सोच का साथ काम गर्छौ , जरिवाना तिरायर होइन करको दायरामा ल्यायेर उचित कर लगाउनुपर्छ भन्ने मान्यता छ मेरो , हामी सबै उद्योगि ब्याबसायी संग मित्रबत सम्बन्ध राख्दै सहजीकरण गर्न चाहन्छौ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उद्योग ब्यापार संघ कपिलवस्तु ले करदाता सेवा कार्यलय तौलिहवा मा कर प्रमुख को जिम्मेवारी मा आउनुभएका कर अधिकृत सुरेस बराली को स्वागत सम्मान मा आयोजित कार्यक्रम मा बोल्दै कर अधिकृत सुरेस बराली ले भन्नू भयो स्थापना को छोटो अवधी मै यसले गरेका गतिविधि कार्यक्रम हरु प्रशासनीय छन , उद्योग ब्यापार संघ कपिलवस्तु ले सबैभन्दा पहिले आफुलाइ स्वागत गरेकोमा धन्यवाद ब्यक्त गर्न चाहन्छु , कर कार्यलय र संघ बिच राम्रो सम्बन्ध कायम गर्दै ब्याबसायिहरुलाइ सचेतना , सहजीकरण गरिने छ , उद्योग ब्यापार संघ ले कर शिक्षा कार्यक्रम को आयोजना गरोस र हामी सरकार ले जारी गरेका नयाँ नयाँ कर का नीति लगायत कर संग समन्धित सम्पुर्ण जानकारी एवंम प्रशिक्षण को लागि जतिबेला पनि तयार छौ ।

नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय महासचिव खेमनारायण पराजुली ले अहिले को अवस्थाको बारेमा ध्यानाकर्षण गराउदै भन्नुभयो , उद्योगि ब्याबसायी र कर कार्यलय बिच नङ्ग र मासु को सम्बन्ध हुनुपर्नेमा बाघ र बाख्रा को जस्तो देखिनु बिडम्बना भएको बताउदै महासचिव पराजुली ले भन्नू भयो , कर कार्यलय को गाडी कर्मचारी देख्ने बित्तिकै ब्याबसायिले सटर बन्द गरेर हिड्ने स्तिथी को अन्त्य गर्न सफलता मिलोस , पहिले भन्दा स्तिथी सुधार भएको छ अझैपनी अव्यवहारिक केही नीति नियम को कारण ब्याबसायी मर्कामा छन त्यसलाई न्यूनीकरण गर्दै व्यवहारिक भैदिनुहुन पनि अनुरोध छ ।

उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले करदाता सेवा कार्यलय तौलिहवा मा कर प्रमुख को जिम्मेवारी माभर्खरै आउनुभएका कर अधिकृत सुरेस बराली लाई स्वागत गर्दै भन्नू भयो ” हजुर को कपिलवस्तु बसाइ सुखद रहोस , स्मरणीय र अनुकरणीय रहोस , ब्याबसायी र कर कार्यलय एकअर्का का पुरक को रुपमा स्थापित गराउन सफलता मिलोस , हामी हरेक ब्याबसायिक गतिविधि , कर सचेतना सहजीकरण तथा शिक्षा मा साथ सहयोग र सहकार्य गर्न प्रतिबद्ध छौ ।

उक्त स्वागत तथा सम्मान कार्यक्रम मा उद्योग ब्यापार संघ , कपिलवस्तु का संरक्षक टोपनारायण बेल्बासे , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्था संग आबद्ध पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम को संचालन संघ का महासचिव बासुदेभ खनाल ले गर्नु भएको थियो ।

२०८० आश्विन ५, शुक्रबार ०८:४३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय