शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सोम दियाली, सर्लाही ,असोज ५ गते ।प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सर्लाहीको हरिपुर–१, जानकीनगरमा वन क्षेत्रभित्र खनिएको पोखरीको विषयमा स्थानीयबीच देखिएको विवाद समाधानका लागि खुल्ला धारणा संकलन गर्न समूह भेला सम्पन्न गरेको छ ।

केन्द्रले गठन गरेको माकुरा समूहकी कालीमाया लामाको अध्यक्षता तथा वडा अध्यक्ष नानीबाबु थापाको प्रमुख आतिथ्यतामा खुल्ला धारणा संकलन भेला सम्पन्न भएको हो ।
स्थानीय जानकी सामुदायिक वन उपभोक्ता समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र नगरपालिकाको बजेटमा खनिएको पोखरीको आम्दानी कस्ले उपभोग गर्ने भन्ने विषयमा विवाद भएपछि सो विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको पहलमा सर्वपक्षीय भेला आयोजना गरिएको हो ।
भेलामा दुबै सामुदायिक वनका पदाधिकारीहरु, पोखरीको स्वामित्व दावी गर्ने स्थानीय हरिहर जनता निमाविका व्यवस्थापन समितिका पदाधिकारी, पोखरी निर्माण गर्ने ठेकेदार र पोखरी ठेक्का लिने ठेकेदार पक्षले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै सो विवादका विषयमा सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख विनय कुमार साहले पनि आफ्नो धारणा राख्नु भएको थियो । उहाँले वन क्षेत्रभित्र खनिएको पोखरीको स्वामित्व सामुदायिक वनकै हुने विद्यालयको नहुने बताउनुभएको थियो । त्यस्तै पोखरीको विषयमा देखिएको विवाद समाधानका लागि आफूले पनि सबै पक्षसँग सम्वाद र छलफल गरिरहेको वडा अध्यक्ष नानीबाबु थापाले बताउनुभयो । उहाँले यस विषयमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नै अघि सरेपछि पोखरी विवाद समाधान हुने विश्वास लागेको बताउनुभयो । के हो विवाद ?
तीन वर्ष अघि हरिपुर नगरपालिकाले जानकीनगरमा पोखरी निर्माणका लागि ५० लाख बजेट दियो । ठेकेदार श्याम बहादुर थिङवाले ईस्टिमेट अनुसारको पोखरी खने । स्थानीय हरिहर जनता निमावि सञ्चालन गर्न स्रोत नभएपछि दुबै सामुदायिक वनका पदाधिकारी र विद्यालय व्यवस्थापन समिति बसेर पोखरीको आम्दानी विद्यालयले लिने सहमति गरे । त्यसरी खर्च गर्दा दुबै सामुदायिक वनका पदाधिकारीको रोहवरमा गर्नु पर्ने सहमति भयो । तर पोखरीको आम्दानी कहाँ कसरी खर्च भएको आफूहरुले जानकारी नपाएपछि दुबै सामुदायिक वन उपभोक्ता समितिले विवाद झिके थिए  ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उता पोखरी निर्माण गरेको ठेकेदारले पनि आफूले ५० लाखमा पोखरी निर्माण गरेको तर नगरपालिकाले २३ लाख मात्रै दिएको भन्दै बाँकी २७ लाख पनि पाउनु पर्ने भन्दै विवाद झिके । विद्यालयले २७ लाख दिन नसक्ने भनेपछि २७ मध्ये १४ लाख मात्रै दिन विद्यालय तयार भयो त्यो पनि पोखरी ठेक्का लागेर आएको पैसाबाट । यो कुरा समुदायलाई चित्त नबुझेपछि विवाद भयो । त्यसपछि विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र अघि बढ्यो । सोही अन्तरगत केन्द्रले त्यहाँ माकुरा समूह गठन गरी माकुरा समूहकै पहलमा खुल्ला धारणा संकलन गरिएको हो ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ सामाजमा देखिएका बहु सरोकारका विषयमा देखिएका द्वन्द रुपान्तरणको कार्य गर्दै आईरहेको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले जानकीनगरमा पोखरीको विषयमा देखिएको विवाद पनि रुपान्तरण हुने अपेक्षा राखेको छ ।

केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सहजीकरण गर्नु भएको खुल्ला धारणा संकलन बैठकको सञ्जालन केन्द्रका सहजकर्ता प्रभा भट्टराईले गर्नुभएको थियो ।

२०८० आश्विन ५, शुक्रबार १३:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय