जनकपुरधाम, माघ १९ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरिएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिलिटर ४३ डलर थप गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक–इभन मूल्य कायम गरिएको छ।
यस परिवर्तनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६, र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९, र तेस्रो वर्गमा १६० रुपैयाँ निर्धारण गरिएको छ।















