मोहम्मद अफताब हासमी , रौतहट चैत १४ गते । रौतहटमा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरिएका विभिन्न सामान तथा सवारी साधन बरामद गरिएको छ। गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चैत ११ गते साँझ करिब ५:१० बजे सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा ती सामानहरू बरामद गरेको हो।
प्रहरीका अनुसार, भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको करीब १२ हजार रुपैयाँ बराबरको किराना सामान तथा ३ लाख रुपैयाँ बराबरको BR05PD6503 नम्बरको अटो रिक्सा पक्राउ गरिएको छ। बरामद सामान र सवारी साधनको कुल अनुमानित मूल्य ३ लाख १२ हजार रुपैयाँ रहेको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नियन्त्रणमा लिइएका सामान र अटो रिक्सा आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। भन्सार छली तथा अवैध चोरी पैठारी रोकथाम गर्न सुरक्षाकर्मीहरू नियमित रूपमा निगरानी गरिरहेको समेत जानकारी गराइएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भन्सार छलीको समस्या बढ्दो देखिएको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।















