शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी ,गौशाला -१२ । महोत्तरीको गौशाला नगरपालिकामा मोबाइल चोरीको निहुँमा तीन जना बालकलाई निर्घात कुटपिट गरि यातना दिएको घटना सार्वजनिक भएको छ।

मंगलबार गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजारमा मोबाइल चोरीको निहुँमा पररिया बस्ने कैलास महतोको १२ वर्षीय छोरा मिठु महतो, प्रभु महतोको १४ वर्षीय छोरा सरोज कुमार महतो र लक्ष्मी नारायण महतोको १३ वर्षिय छोरा नितेश कुमार महतोलाई कान्छा भनेर चिनिने राम दरेश महतोले निर्घात कुटपिट गर्दै यातना दिएको हो। निर्घात कुटपिटबाट तीनै जना बालकहरु घाइते भएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घाइते बालकहरुलाई स्थानीय क्लिनिकमा उपचार गराएर थप उपचारको लागि गौशाला स्थित रहेको प्राथमि स्वास्थ केन्द्रमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले जानकारी दिनुभयो । प्रहरी निरिक्षक मिश्रले घटना बारे थप अनुसन्धान भईरहेको जनाउनुभयो ।

पीडित परिवारहरुले इप्रका गौशलामा आज सामुहिक उजुरी हालेका छ्न। उजुरीको आधारमा कुटपिट गर्ने कान्छा भनेर चिनिने राम दरेश महतोलाई प्रहरीले पक्राउ गरेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक मिश्रले जनाउनुभयो ।

२०७९ कार्तिक १७, बिहीबार ०१:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय