शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , असार २८। श्री रा. मा. वि. कान्तिबजारको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण महतो चयन भएका छन्।
विद्यालयमा २०८२ साल चैत १८ गते सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि चार जना सदस्य छनोट भएका थिए। सोही प्रक्रियाअनुसार २०८३ साल असार २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले महतोलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको विद्यालय स्रोतले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष महतोले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शैक्षिक वातावरण निर्माण, भौतिक पूर्वाधार विकास तथा अभिभावक, शिक्षक र समुदायबीच प्रभावकारी समन्वय कायम गर्दै विद्यालयको समग्र विकासका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विद्यालय परिवार, अभिभावक तथा स्थानीय सरोकारवालाले नवनिर्वाचित अध्यक्ष महतोलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासले थप गति लिने अपेक्षा गरिएको छ।

२०८३ असार २९, सोमबार ११:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय