फोकस नेपाल ,रौतहट । रौतहटको परोहा नगरपालिका-९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेल तथा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आयोगका अनुसार आर्थिक वर्ष २०८१–८२ मा पर्यटन विकास कार्यालय, गौरबाट उक्त क्षेत्रमा विभिन्न संरचना निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको थियो।















