शिव मारुती ज्वेलर्स

महोत्तरी , मंसिर ४ । मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मधेश प्रदेशको आठवटै जिल्लामा ६२ दशमलव  ५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशको धनुषा जिल्लामा ६२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् । रौतहटमा भने ६५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले बताए ।

शुभकामना

उता, सिरहामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिएका छन् । त्यस्तै, बारामा ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पूर्णेश्वर प्रसाद उपाध्यायले बताए । पर्सामा भने ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिएका छन् । उता, सप्तरीमा ६२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिएका छन् ।

महोत्तरीमा भने ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताएका छन् । त्यस्तै, प्रदेशको सर्लाही जिल्लामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको थियो । प्रदेशमा कूल ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् । प्रदेशका ३२ प्रतिनिधि तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आज मतदान सम्पन्न भएको हो ।

प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता छन् ।

२०७९ मंसिर ४, आईतवार १५:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय