फोक्स नेपाल , सर्लाही, मंसिर १६ गते । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएका छन् ।
शुभकामना

गोडैता नगरपालिका–१०, झगरु चोकस्थित भित्री सडक खण्डमा ना १ त ७६७८ नम्बरको बालुवा लोड भएको ट्याक्टरले ज २ प ४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २६ वर्षीय छेकन बैठाको मृत्यु भएको हो ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–६, कामद बिर्ता बस्ने बैठा मोटरसाइकलको पछाडि सवार थिए । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाँदा बैठाको घटनास्थमै मृत्यु भएको हो ।
मृतक बैठाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।














