दिपेश कुमार साह,रौतहट। नेपाल सरकारले कर्मचारी जनप्रनिधीहरुको लागि दिएको गाड़ीहरु मेला हेर्न नाच लागाएत अन्य काममा प्रयोग हुँदै आईरहेको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिका द्वारा खरिद दिएको नेपाल सरकारको सवारी साधनहरुको दुरुपयोग भइरहेको छ। नगरपालिका नगर प्रमुख, वडा अध्यक्ष र कर्मचारीहरुको लापरवाही देखा परेको छन् ।
नेपालीहरुको महान चाड बडा दशैं २०७९ सालको शुभ अवसरमा हरेक गाउँ ठाउँमा मेला लागेको छन् सोहि नगरपािकाका स्थित कटहरिया बजारमा मेलामा सरकारी सेवाको लागि दिएको TVS कम्पनीको ना १ बा ३३५० नम्बरको मोटरसाइकल रहेका हुन ।
शुभकामना

सो मेलामा नाच हेर्न सरकारी मोटरसाइकल चढेर गएको थियाे। कर्मचारी र आसपास को छिमेकीहरु चढेर सो मोटरसाइकल आएको थियाे।
सरकारी गाड़ी मेलामा लगाएर रक्सी सेवन गरी ,पछि ४ जान बसेर चलाउँदै कर्मचरीको भाइ र स्थानीय नेताकाे भाँतिज बताउँदै रक्सी खाएका हुनाले गाली गलाउज समेत गरेको थियो ।

सो कर्मचरीको भाइले र स्थानीय नेताको भतिज हो सोहि भएर लिएर आएको छु भन्दै हिडेको थिए । नेपाल सरकार र नेपाल प्रहरीले त्यस्ताहरुलाई कुनै कानुन कारबाही गर्दैनन भने स्थानीयहरुले गुनासो समेत गरेका छन् ।














