फोक्स नेपाल ,संवाददाता । सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा मधेश प्रदेशमा २२ करोडबढिको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको निर्देशनमा आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले उक्त करोडौंको अवैध सामान बरामद गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर १८ गतेसम्म २२ करोड ६ लाख, ८ हजार २४८ रुपैयाँ बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला स्थित भन्सार कार्यालयमा बुझाइएको डीआईजी मगरले जानकारी दिए ।
यस्तै, ५१ लाख,८५ हजार ३०० स्रोत नखुलेको नेपाली रुपैयाँ, ६९ सय थान हजारको रुपैयाँको कागज र ३ हजार नक्कली नेपाली हजारको रुपैयाँ बरामद भएको तथ्याङ्कमा उल्लेख रहेको छ।
प्रदेशको विभिन्न जिल्लाबाट २० लाख,७२ हजार ,७८८ रुपैयाँ बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, ८६ हजार १०० रुपैयाँ बराबरको नक्कली गहना, तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ३६९ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।















