फोक्स नेपाल ,संवाददाता । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग भेटघाट गरेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट राउत उपेन्द्र यादवलाईं दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए ।
शुभकामना

निर्वाचित भए पश्चात डा. राउतले यादवलाई बुधबार भेटवार्ता गरेका हुन् । उनले यादवलाई भेटेको तस्वीर आफ्नो अधिकारिक सचिवालयमा सार्वजनिक गरेका छन् । तस्वीर अहिले समाजिक संजालमा भाइरल भइरहेको छ ।














