शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , मंसिर २४ गते । धानको मूल्यमा कमी किसान भएपछि किसानलाई चिन्ता हुन थालेको छ ।

लामो समय पछि सुरु भएको भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेर सरकारले निर्धारण गरेको धानको मूल्य भने घोषणामै सीमित भएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

महँगो बीउ,र मलखाद खरिद गरी उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन्  । यस महिनामा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरु भएपछि प्रति क्विन्टल ३०० र मसिनो धनमा प्रति क्विन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले जानकारी दिएका छन् । भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै नामक मोटोधानको खरिद प्रति क्विन्टल दुईहजार ७ सयको दरले सुरु भएको थियो । तर भारतीय धानको आयात सुरु भएपछि अहिले त्यही मोटो भदैधान प्रति क्विन्टल दुई हजार ४ सयको दरले खरिद भइरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताए ।

त्यस्तै,भारतीय धानको आयात अघि मसिनो कतरनी धान प्रति क्विन्टल तीनहजार ७ सयको दरले खरिद सुरु भएको थियो ।

तर भारतीय धानको आयातपछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रति क्विन्टल तीनहजार ५ सयको दरले खरिद भइरहेको संचालक जैसवालले बताए ।

भारत सरकारको अनुदानमा प्राप्त उन्नत बीउ र मलखाद प्रयोग गरी भारतीय किसानले उब्जाएको धानको मूल्य केही कम भए पनि उनीहरुलाई असर पर्दैनन् । तर त्यही बीउ र मलखाद बलेक रेटमा खरिद गरी नेपाली किसानले उब्जाएको धान महँगो पर्ने हुँदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरियाका कृषकहरुले फोकस नेपाललाई गुनासो सुनाए  ।

२०७९ मंसिर २४, शनिबार ०७:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय