शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,मंसिर २७। प्रहरीले किराना पसलमा युरियाको कालोबाजारी गर्ने एक युवकलाई सप्तरीको राजविराजबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको सूचनाको आधारमा प्रहरी टोलीले नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको मल बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिंहले जानकारी दिए।

प्रति बोरा ५० केजीको दरले रहेको ३५ बोरा मलसहित दासलाई नियन्त्रणमा लिएर कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी मुद्दा हेर्ने अधिकारी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएका छन्।

२०७९ मंसिर २७, मंगलवार १३:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय