शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,पुस १ गते ।  बीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ।

बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएकाे उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेलकाे हस्ताक्षर रहेकाे उक्त सुचनामा महानगरपालिका कार्यापालिकाकाे मंसिर २६ गतेकाे निर्णय अनुसार महानगरपालिकाकाे कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चाैकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरी बाहेक अरु सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएकाे व्यवहाेरा उल्लेख छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गत स्थानिय तहकाे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेकाे थियाे ।

महानगरले दैनिक ज्ययालादारीमा कति जना कर्शमचारी नियुक्त गरेकाे थियाे र अहिहले कति जनलाई जागिरबाट हटाएकाे हाे भनेबारेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पाैडेल र प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवालाई पटक पटक फाेन गरेर सम्पर्क गर्दा दुवै जनाकाे फाेन उठेन ।

२०७९ पुष १, शुक्रबार ०८:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय