शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस ६ गते  ।मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् ।

महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए ।

शुभकामना

अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

२०७९ पुष ६, बुधबार ०६:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय