शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

पोखरा ,पुस ७ गते । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ ।

पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यसले आन्तरिक उडान अझ सुरक्षित बनाउने छ ।’

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । १ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ ।

२०७९ पुष ७, बिहीबार ११:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय