फोकस नेपाल ,पुस ७ गते । धनुषाको स्थित बटेश्वर गाउँपालिका वडा नं. ३ मा युवाहरु सामाजिक काम काजमा अगाडि बढिरहेका छन् ।
बटेश्वर गाउँपालिका वडा नं ३ विकास प्रेमी युवा नेता राजदेव महतो को सक्रिय सहभागिता एंम हनुमान युवा क्लब सहयोग र वडा नम्बर ३ का युवाहरु रन्जित लामा,प्रविन महतो, विशेश्वर सिंह,अंरुध महतो र बटेश्वर गाउँपालिका का वडा नं.३ को वडाध्यक्ष राममनी कुशवाहा सहयोगमा ट्टबन्ध बाध्ने कार्य सुरु गरिएको छ। ट्टबन्ध बाध्ने कार्यमा बटेश्वर गाउँपालिका तर्फबाट कुनै सहयोग नरहेको युवाहरू बताए ।
शुभकामना

उक्त ट्टबन्ध बाधको लागि एक परियोजनाको सहयोग र राजदेव महतोको मुख्य नेतृत्वमा सुकजोर खोलामा ७५० मिटर ट्टबन्ध बाध बाधी कृषि योग्य जमिन र गाउँ कटान बाट जोगाउने काॠ सुरु गरिएको छ ।

युवाहरूले गरेको विकासको काम हेरेर स्थानीयहरु धेरै नै खुशी रहेको भएको स्थानीय लक्ष्मण महतोले बताए ।















