शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ८ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् ।लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो ।

शुभकामना

यो पत्र आएसँगै माइती नेपाल भने आश्चर्यमा परेको छ । नावालिग भनेर संरक्षण दिएको स्टेटमेन्ट दिएकी माइती नेपालकी संचालक अनुराधा कोइराला आश्चर्यमा परेकी छिन् । यो सँगै माइती नेपाल पनि विवालको घेरामा तानिएको छ । लामो समयसम्म चर्चाको पर्याय बनेको संस्था साबालक भएको प्रमाण अदालतमा आएपछि विवादमा फसेको हो ।

२०७९ पुष ८, शुक्रबार १३:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय