बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल ,पुस १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको अन्नपूर्णलाई जानकारी दिए।

विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए। प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको स्रोतले बताएको छ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समयसीमाभित्रै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ।’

प्रधानमन्त्रीको शपथ भोलि ४ बजे

राष्ट्रपति कार्यालयले भोलि सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएको छ।

प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेकी थिइन्। विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए।

२०७९ पुष १०, आईतवार १३:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय