शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १५ गते । नेकपा माओवादी केन्द्रका दुईजना समानुपातिक सांसद मधेश प्रदेश प्रदेशमा सपथ ग्रहणबाट बञ्चित बनेका छन् ।

सांसदद्वय मालाकुमारी कर्ण र मो. रजी हैदर सर्वोच्चको अल्पकालिन आदेशका कारण शपथ लिनबाट बञ्चित भएका छन् ।

शुभकामना

दुबैजना प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट बञ्चित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेलगायतको बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्ने सर्वोच्च अदालतबाट मंसिर २९ गतेको अल्पकालिन अन्तरिम आदेश जारी भएकोले ति दुबैजनाको शपथग्रहण सम्बन्धी कार्य हाललाई स्थगित गरिएको सचिव यादवले जानकारी दिए ।

२०७९ पुष १५, शुक्रबार १५:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय