शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,पुस १६ गते ।  सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

गएराति हरिपुर नगरपालिका-८, जितपुरमा प्रदेश २-०३-००१ च २३९६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा साइकलमा सवार हरिपुर-२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

यस्तै, गएराति सवा ८ बजे ईश्वरपुर नगरपालिका-१२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-३ बस्ने ३० वर्षीय रोशन यादव रहेका प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए।

ना. १ ब. २५५६ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको हो।

यादव लालबन्दी नगरपालिकामा सब इन्जिनियर रहेको खुलेको छ।

२०७९ पुष १६, शनिबार ०३:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय