फोक्स नेपाल,संवाददाता । संघर्षशील मधेशी मोर्चाले मधेस प्रदेशमा निर्वाचन हुन नदिने चेतावनी दिएको छ । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाका संयोजक कैलाश महतोले यस्तो चेतावनी दिएका हुन् ।
उनले मौजूदा मिश्रित निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गरी संघ र प्रदेशको निर्वाचन गराउनुपर्ने र स्थानीय निकायको निर्वाचनलाई पार्टीविहीन/निर्दलीय बनाउनुपर्ने मागसमेत गरेका छन् ।तप्कालाई राज्यको राजनीतिक, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायतका हरेक क्षेत्र, अंग र निकायमा समानुपातिक प्रतिनिधित्व गर्न गराउन मौजूदा निर्वाचन प्रणालीलाई परिवर्तन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आसन्न २०७९ मंसिर ४ को संघीय र प्रादेशिक चुनाव गराउन माग गरेको छ ।
शुभकामना

संयोजक महतोले आफूहरुको माग सम्बोधन नभए निर्वाचन प्रणाली विरुद्धको (मधेसमा निर्वाचन हुन नदिने) र आन्दोलनबाट हुन जाने परिणामहरुको कुनै पनि जिम्मेवारी आफूहरुको नहुने चेतावनीसमेत दिएका छन् ।














