रौतहट । केपी ओली नेतृत्वको नेकपा एमालेका नेता प्रभु साहले एमालेकै विरुद्ध बागी उम्मेदवारी दिने तयारी गरेका छन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाट एमाले पसेका प्रभु साहले एमालेबाट टिकट पाएपनि उनी रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्यमा बागी उम्मेदवारी दिने भएका छन् ।
शुभकामना

उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।
जसपाबाट एमालेमा आएका किरण शाह, लोसपा छाडेर आएका अजय गुप्ता, कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि प्रभुले बागी उम्मेदवारी दिन लागेका हुन् ।














