गणेश कुशवाहा , असोज २३ । महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।
आइतबार करिब ४ बजेको समयमा गौशाला नगरपालिका वडा न.१ वडा कार्यालय स्थित गौशाला बाट चिनीमिल तिर जादै गरेको बा.८७ प.९६७ र अर्को प्रदेश -०३ -०२ -००६ प.०८२८ न. मोटरसाइकल अभरटेक गर्ने क्रममा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । तीव्र गतिमा गइरहेका दुबै मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किदा सडक छेउमा उभीरहेका एक वृद्धलाई ठक्कर दिइएर घाइते बनाएको छ । वृद्ध गौशाला वडा नं. १ निवासी चित्र प्रसाद पोखरेल ( प्रोहित ) को एउटा खुट्टा काटिएको छ ।
शुभकामना

दुर्घटनामा एक मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन् ।अर्को मोटरसाइकल चालक सवारी लिएर फरार भएको स्थानीयले बताए ।
दुर्घटनाबाट घाइते दुबैलाई उपचारको लागि वर्दिबास लागिएको र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।














