शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , पुस २१ गते । प्रहरीले पर्साको वीरगञ्जमा ३ वटा चामल गोदाममा छापा मारेर साढे १३ लाखको चामल बरामद गरेको छ ।

बुधबार वीरगञ्ज महानगरपालिका ११ रानीघाटमा देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहले सञ्चालन गरेको गोदाममा छापा मारेर भन्सार छलीका १३ लाख ६० हजार मूल्य बराबरको चामल बरामद गरेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कतरनी, जिरामसिनो र बासमतीका २० र २४ किलो दरका ९ सय ५ बोरा चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको चामल वीरगन्ज भन्सार कार्यालयमा पठाएको छ ।

भन्सार छली गरेर ल्याएको चामल भण्डारण गरिएको सूचनाको आधारमा प्रहरीले छापा मारेको प्रवक्ता गिरीले बताए ।

२०७९ पुष २१, बिहीबार १२:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय