फोकस नेपाल ,माघ २ गते । चालक दलका सदस्यसमेत ७२ यात्रु लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख प्रकट गर्दै सरकारले शोकमा आज सार्वजनिक बिदा दिएको छ।
यती एयरलाइन्सको जहाज आइतबार सेतीखोँचमा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने ६ यात्रु अझै बेपत्ता छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनापछि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबारलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।















