फोकस नेपाल – पोखरा ,माघ ३ गते । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ७० जनामध्ये ५० को शव मंगलबार नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत – काठमाडौँ ल्याइँदै छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ दुर्घटनामा निधन भएका बाँकी २० जनाको शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइने छ ।
शुभकामना

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताएका हुन् । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो।
दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य बिहानैदेखि सुरु गरिएको छ नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेका छन् ।














