बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल –

काठमाडौं । लुम्बिनी प्रदेशलाई बुधबार १६ रनले पराजित गर्दै मधेस प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेलमा मधेसले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९१ रनमात्र जोड्न सक्यो ।

लुम्बिनीका रन्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रन बनाएपनि टिमको हार टार्न सकेनन् । ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दा आश्मा पुलमी मगर र कप्तान सरस्वती घर्तिमगरले ११/११ रन जोडे । मधेसकी भुमी सिंहले दुई विकेट लिँदा अमिरन निशाले एक विकेट लिइन् ।

यसअघि टस हारेपछि ब्याटिङमा आएका मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो ।

२०७९ माघ ४, बुधबार ०७:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय