शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल –

सर्लाही, माघ ४ गते । प्रतिबन्धित लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विशेष सूचनाको आधारमा आगूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज, शाखा कार्यालय जनकपुरको टोली र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटेको टोलीले भारतको बिहार राज्य सितामढी जिल्ला बथन्हा थाना पनडौल पन पाखर ग्राम पंचायत वडा नं. १३ बस्ने ३७ वर्षीय सन्तोष साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका ७ डुमडुमे मन्दिर स्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कोडिवेल नामक १०० एमएलको ७१ बोतल र नाईट्राभेट–१० लेखिएको ट्याबलेट ६०० पिस बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ माघ ४, बुधबार १३:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय