इनरुवा, माघ ६ गते। सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् ।
खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।
शुभकामना

स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














