शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर अजाम पुनः एकपटक विवादमा परेका छन् । बाबरले आफ्नै साथीकी प्रेमिकासँग दैनिक सोसल मिडियामा च्याटिङ गरिरहेको खुलासा भएको छ । पाकिस्तानी न्युज एजेन्सीहरूले पाकिस्तानी खेलाडीकी प्रेमिकासँग बाबरले आपत्तिजनक च्याटिङ गरिरहेको दाबी गरेका छन् । यद्यपि, खेलाडी र खेलाडीकी प्रेमिकाको नाम गोप्य राखिएको छ । यद्यपि, मिडियाहरूको दाबीप्रति बाबरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

सोसल मिडियामा बाबरको आपत्तिजनक च्याटिङ भाइरल बनिरहेको छ । सोसल मिडियामा बाबरले आफ्नो व्यक्तिगत फोटोसमेत महिलासँग सेयरिङ गरेका छन् । मिडियाका अनुसार बाबरको सोसल मिडियामा पाँच सय फलोअर्स छन् । बाबर सोसल मिडियामा विवादमा परेको यो पहिलो घटना होइन । यसअघि हनी च्याटमा पनि उनी फसेका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

केही महिनाअघि महिलालाई शारीरिक शोषण गरेको आरोप बाबरमाथि लगाइएको थियो । सोसल मिडियाको एक समूह हनी च्याटले सो खुलासा गरेको हो । यसै कारण यस विवादलाई हनी च्याट भनिएको हो । यसैगरी, एक पत्रकार सम्मेलनमा हमिता मुख्तारले बाबरसँग अवैध सम्बन्ध रहेको दाबी गरेकी थिइन् ।

वर्तमान समयमा पाकिस्तानी क्रिकेटमा बाबर विवादित क्रिकेटर बनिरहेका छन् । लगातार महिलासम्बन्धी विवादमा मुछिएका कप्तान बाबरप्रति पाकिस्तान क्रिकेट बोर्डले केही आधिकारिक जवाफ दिएको छैन । यस सम्बन्धमा बोर्डले तत्काल अनुसन्धान गर्ने भने जनाएको छ ।

औसत प्रदर्शन 
सन् २०२२–२३ को सिजनमा बाबरको ब्याटिङ खराब चलिरहेको छ । बाबरले सन् २०२२ मा नौ टेस्टमा चार शतक लगाएका थिए । उनले एक हजार एक सय ८४ रन टेस्ट खेलमा बटुले । यसैगरी, एकदिवसीय नौ खेलमा उनले तीन शतकको मद्दतमा ६ सय ७९ रन बनाए । अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले २६ खेलबाट सात सय ७५ रन जोडे, जसमा एक शतक समावेश छ । गत नोभेम्बरमा पाकिस्तान आइसिसी टी–२० विश्वकप फाइनलमा इंग्ल्यान्डबाट पाँच विकेटले पराजित भएको थियो ।

२०७९ माघ ६, शुक्रबार ०६:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय