शिव मारुती ज्वेलर्स

फोक्स नेपाल , संवाददाता । आगामी  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्राणालीमा प्रविष्टि गर्नेक्रम जारी छ ।

हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष ९९१।०७ प्रतिशत० र ५२९ जना महिला ९८।९० प्रतिशत० रहेका छन्

शुभकामना

पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् ।

यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरि कुल १२ पदको लागि १४४ जनाले आइतवार उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी परेको मध्ये स्वतन्त्रमा ८२ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कार्यालय पर्साले जनाएको छ ।

चार प्रतिनिधिसभा सदस्यका लागि ५० जनाको उम्मेदवारी परेकोमा २४ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै आठ प्रदेशसभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५८ रहेको छ । पर्सा गठबन्धनका अधिकांश नेताहरु बागी उम्मेदवारी दिएका छन् ।

२०७९ आश्विन २४, सोमबार ०८:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय