शिव मारुती ज्वेलर्स

जनकपुरधाम, माघ १० गते । आगामी तीन दिन भित्र मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

मंगलबार बसेको सत्ता साझेदार दलहरुको बैठकले तीन मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।

शुभकामना

मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार यादवले बताए ।

अहिलेसम्मको छलफलमा माओवादीले १, जनमतले २, जसपाले ३ र एमालेले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ ।

मन्त्री यादवका अनुसार बिना विभागिय मन्त्रीलाई भने आज विभाग तोकिने तयारी गरिएको छ ।

गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका जसपाको संसदीय दलको नेता सरोजकुमार यादवले २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

२०७९ माघ १०, मंगलवार १४:४३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय