शिव मारुती ज्वेलर्स

महोत्तरी, असोज २४ गते । यातायात कार्यालय महोत्तरी बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

महोत्तरी क्षेत्र नं १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । थापा अधिकृत छैटौं पदमा कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका थिए ।

शुभकामना

लामो समय सरकारी सेवामा कार्यरत रहे पनि जनताकै मर्म र भावनाअनुरुप चुस्त दुरुस्त सेवा दिँदै आएकाले जनताकै सेवाका लागि उम्मेदवारी दिएको उनले बताए ।

महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ आश्विन २४, सोमबार १३:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय