शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौँ, माघ १७ गते । नेपालमा बढी भ्रष्टाचार हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गर्दा २०२१ को तुलनामा यस वर्ष भ्रष्टाचार बढेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

ट्रान्सपरेन्सी यन्टरनेसनलले सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउने र ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मान्ने गरेको छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।

नेपाल यस वर्ष १०० मा ३४ अंकसहित भ्रष्टाचारको ११० औं स्थान रहेको छ । सीपीआई २०२१ मा नेपालको अंक ३३ (११७ औं स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।

२०७९ माघ १७, मंगलवार ०९:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय