बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० स्थित रहेको खेल मैदानमा हुदै गरेको स्व. नन्दलाल महतो स्मृति टि–ट्वान्टी क्रिकेट टुनामेन्ट आज १०: ३० बजे देखि फाइनल हुने भएको छ ।
स्व. नन्दलाल महतो स्मृति संस्था गौशाला नगरपालिका–११ को आयोजना स्व. नन्दलाल महतो स्मृति टि–ट्वान्टी क्रिकेट टुनामेन्ट असोज १५ गते देखि शुरु भएको थियो ।
शुभकामना

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल असोज १५ गते देखि सञ्चालन भएको खेल आज फईनलमा पुगेको छ । आजको खेलमा निगैल टिम र सोनमा, तरहारीको टिम बिच हुने आयोजक संस्थाका अध्यक्ष देव नारायण महतोले बताए ।
प्रतियोगितामा विजेता हुने समुहलाई २० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र त्यस्तै उप विजेतालाई १० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र, Man Of The Series लाई ब्याट र सिल्ड साथै प्रमाण पत्र दिईने अध्यक्ष महतोले बताए ।














