गणेश कुमार सिंह,कार्तिक ०८ गते । नेकपा एमालेकी प्रदेश सांसद शारदा देवी थापाले लागुऔषध दुव्र्यशनको कुलतबाट युवालाई बचाउन र समाजमा सदभाव काय गर्न खेलकुदको विकास आवश्यक रहेको बताएका छन् ।
महोतरीको गौशाला नगरपालिका–१२ स्थित सामुदायिक विकास युवा क्लबले आयोजनामा बुधबार देखि सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उदघाटन गर्दै सांसद थापाले दुव्र्यशनिमा फस्न नदिन युवाहरुलाई क्लबहरुले खेलकुदमा संलग्न गराउनु सराहनिय कार्य भएको बताइन । सुरक्षित समाजकालागि खेलकुदको गतिविधि बढाउनु आवश्यक रहेको उनले भनिन ।
मधेशका युवा खुल्ला सिमानाका कारण लागुऔषधको दुव्र्यसनमा फस्ने क्रम बढदै गएको उनले भने । आफनो जिम्मेवारी पुरा नगर्ने र अरुको जिम्मेवारीमा प्रश्न उठाउने क्रम बढदा समाजिक विकास अबरुद्ध भएको सांसद थापाले बताइन । ग्रासरुटको खेल विकासकालागि तीनै तहका सरकारले लगानि लगाउनु पर्ने उनले भनिन । गौशाला नगरपालिकाकी उप प्रमुख रेणु कुमारी महतोले युवाहरु राजनीति दलमा विभाजित हुदा खेलकुदको गतिविधि प्रभावित भएको बताउदै समाज विकासकालागि युवाहरु राजनीतिदल भन्दा माथि उठन सुझाव दिइन ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पहिलो दिन बिहान भएको खेलमा सर्लाहीको डुमरिया र सतनाम युवा क्लब बसनिया विजय भएको छ । पहिलो खेलमा आयोगक सामुदायिक विकास युवा क्लब बी लाई दुई सेटले पराजित गर्दै डुमरीया विजयी भएको थियो । दोश्रो खेलमा विजलपुरा महोतरीलाई सतनाम युवा क्लबले दुई सेटले पराजित गरेका थिए । तेस्रो खेलमा दोभान युवा क्लब सुर्तिविकास लाई शिवशक्ति युवा क्लबलाई दुई सेटले पराजित गरेका थिए। चौथो सामुदायिक युवा क्लब ए टिम दुई एक सेटले सयपत्री युवा क्लब पराजित गरेका छन् । बुधबार देखि सुरु भएको दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ शनिबार सम्म चल्ने छ । खेलमा धनुषा, महोतरी र सर्लाहीका १६ टिम सहभागि छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगर रहेको छ ।















