महाेत्तरी,माघ २१ गते । नेपाल विद्युत प्राधिकरण गाैशाला वितरण केन्द्रले छड्केमा तिब्रता दिएकाे छ । ५४ हजार ७ सय ग्राहक संख्या रहेको गाैशाला बिद्युत वितरण केन्द्रमा गाैशाला नगरपालिका ,बर्दिवास नगरपालिका ,भंगहा नगरपालिका ,अैारही नगरपालिका र साेनमा गाउँपालिका गरि पाँच पालिका रहेकाे छ ।
गाैशाला वितरण केन्द्रमा ४८ हजार १४ ग्राहस्थ, औद्योगिक तर्फ ८ सय ८ ,व्यापारिकमा २ सय ३५ र अन्यमा ५ हजार ६ सय ४३ ग्राहक रहेकाे कार्यालय स्रोतले जानकारी दिइएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बिद्युत चुहावट( चाेरी)लाई रोक्न गाैशाला वितरण केन्द्रले प्रत्येक सप्तामा एक दिन छड्के मार्ने गरेको र पुष महिनादेखि माघ मसान्तसम्म बिद्युत चुहावट गर्ने २ सय ३२ जनालाई कारवाही गरिएको र विधुत चुहावटमा संलग्न ८२ मान्छेलाई समातेको गाैशाला वितरण केन्द्रका प्रमुख ई.प्रविण कुमार मिश्रले जानकारी दिनुभयो ।
गत वर्षमा गाैशाला वितरण केन्द्र २८% ले घाटामा रहेकाे थियोे भने अहिले २४% मा झरेको कार्यालय स्रोतले जनाएको छ।















