शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा , माघ २५ गते । सिरहामा स्कुलबाट बेपत्ता भएका बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।

आइतबार सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरी १४ वर्षीया नुडी खातुन र मो. सहिद मंसुरको छोरा १२ वर्षीय मो. अरमान मंसुर लिटिल स्टार स्कुल गएकोमा घर फर्केका थिएनन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कक्षा ८ मा अध्यनरत नुडी र कक्षा ४ मा अध्यनरत मंसुर स्कुल छुट्टी भए पश्चात पनि घर नफर्केपछी परिवारजनले साँझमा जिल्ला प्रहरी कार्यालय सिरहामा मौखिक जानकारी दिएका थिए ।

प्रहरीमा जानकारी आए पश्चात्  खोजतलास गर्ने क्रममा बालबालिकाहरु भारतको समस्तिपुरमा फेला परेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरिक्षक राजेश यादवको कमाण्डमा खटेको प्रहरी टोलीले भारतीय प्रहरीसंग समन्वय गरी बालबालिकाको उद्धार गरि बुधबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७९ माघ २५, बुधबार १३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय