शिव मारुती ज्वेलर्स

काठमाडौं, माघ,२७ गते  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । शक्रबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले केहि दिनअघि सरकारबाट बाहिरिएको रास्वपालाई पुनस् सरकारमा सहभागी हुन आग्रह गरेको हो ।

आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको स्रोलले बतायो । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट भएको रास्वपाले केहि दिनअघि पत्रकार सम्मेलन गर्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।

शुभकामना

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, सुदूरपश्चिम सरकार ढलेपछिको अवस्था लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

सत्ता गठबन्धनमा सात दल आबद्ध छन् । तर, आजको बैठकमा चार दलका नेता मात्र सहभागी थिए । गठबन्धनमै रहेको जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता बैठकमा उपस्थित भएनन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपनि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दै गएपछि ती दलका नेता बैठकमा सहभागी नभएका हुन् ।

२०७९ माघ २७, शुक्रबार ०८:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय