शिव मारुती ज्वेलर्स

गणेश कुशवाहा,गौशाला । स्व. नन्दलाल महतो स्मृति   टी-२० क्रिकेट टुर्नामेन्ट फाईन खेल वडा नं. १० फिल्डमा २०७९ असोज १५ गते देखि सुरु भएको थियो ।

स्व. नन्दलाल महतो स्मृतिद्वारा  टी-२० क्रिकेट टुर्नामेन्ट फाईन खेलमा निगौल र सोनमा तराहरी प्रवेश गरेका थिए । निगौल Vs सोनमा तराहरी आज २०७९ असोज २५ गते मंगलबार का दिन भाइनल खेल भएका छन् ।

शुभकामना

स्व. नन्दलाल महतो स्मृतिद्वारा टी-२० क्रिकेट टुर्नामेन्ट खेलको सभापति राज कुमार श्रेष्ठ ,प्रमुख अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का जसपा का उम्मेदवार रामश्रेष्ठ महतो ,विशिस्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतो , विशिस्ट अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का स्वतन्त्र उम्मेदवार विष्णु लामा ,अथिति को रुममा गौशाला नं.वडा १० का  वडाअध्यक्ष विष्णु कुमार महतो (मुकेश कुमार महतो ) , वडा नं. ११ वडा अध्यक्ष राम पृत महतो कोइरी गौशाला वडा नं. १० भुपु वडाअध्यक्ष सेक मोहम्द जलिल ,  कान्तिबजार प्रहरी चौकीका प्रहरी असई शम्भु महतो  ,गाउँ का बुद्ध जिवि ,युवा खेल प्रेमिहरु र विभिन्न मिडियाका संचारकर्मि को उपस्तिथिमा सुरु भएको थियोे  ।

  निगौलले टस जितेर पहिलो ब्याटिङ को लागि फिल्ड मा उत्रेका थिए । निगौल १७ ओभर ९ विकेटको नोक्सानमा ७२  रन मात्र बनाउन सफल भएका थिए ।  ६ रनको लक्ष्य पुर्‍याएको सोनमा तराहरी ७ विकेट को नोक्सान ७६ रन बनाएर  विजय भएको  छ ।   विजयी भएको  टिमलाई नग्द रुपैया सिल मेडल प्रमुख आतिथिको हात द्वारा प्रमाणपत्र प्रदान गरिको छ ।

स्व. नन्दलाल महतो स्मृति टी-२० क्रिकेट टुर्नामेन्ट तर्फबाट सभापति राज कुमार श्रेष्ठ ,प्रमुख अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का जसपा का उम्मेदवार रामश्रेष्ठ महतो ,विशिस्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतोलाई माया को चिनो स्व. नन्दलाल महतो स्मृति टी-२० क्रिकेट टुर्नामेन्ट संस्थाको अध्यक्ष देव नारायण महतो द्वारा प्रदान गरेको छ  ।

त्यसतै विशिस्ट अतिथि महोत्तरी क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य का स्वतन्त्र उम्मेदवार विष्णु लामा ,अथिति को रुममा गौशाला नं.वडा १० का  वडाअध्यक्ष विष्णु कुमार महतो (मुकेश कुमार महतो ) , वडा नं. ११ वडा अध्यक्ष राम पृत महतो कोइरी गौशाला वडा नं. १० भुपु वडाअध्यक्ष सेक मोहम्द जलिल ,  कान्तिबजार प्रहरी चौकीका प्रहरी असई शम्भु महतो ,विभिन्न मिडिया बाट पाल्नु भएका संचारकर्मि लाई समेत प्रमाणपत्र दिएका छन् ।

विशिस्ट अतिथि गौशाला नगर उप-प्रमुख रेणु महतोले आफ्नो मन्तव्य क्रममा  गौशाला नगर भरिनै  आगामी दिन यस्ता खेलमा जोड दिने समेत भनेका छन् । स्व. नन्दलाल महतो स्मृति संस्थाको अध्यक्ष देव नारायण महतोले आउने अर्को पटक स्व. नन्दलाल महतो स्मृति संस्था बाट एक लाख पुरस्कर दिने र ३२ को टिमलाई सहभागी गराउने उदेश्य समेत राखेको छ ।

२०७९ आश्विन २५, मंगलवार १५:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय