शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

रौतहट,फागुन ०१ गते । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुश्वाहाले कृषि क्षेत्रमा देखिएको मलखाद्यको समस्या समाधान गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

तराई मधेशका अधिकांश किसान खेती किसानीमै आश्रित रहेको भएपनि समयमा मलखाद्य नपाउँदा उनिहरु विभिन्न समस्या झैल्दै आएकोले आफुले किसानलाई समयमा मलखाद्य उपलब्ध गराउने तर्फ गम्भिरता पूर्वक लागेको मन्त्री कुश्वाहाले बताएका हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

रिपोर्टर्स क्लव नेपाल रौतहटको साक्षत्कार कक्ष गौरमा पत्रकारहरुसंग कुराकानी गर्दै कृषि मन्त्री कुश्वाहाले समयमा मलखाद्य नपाउँदा किसानले प्रत्येक वर्ष मारमा पर्दै आएकोले किसानहरुलाई सहज रुपमा समयमै मलखाद्य र विउ उपलब्ध गराउने लक्ष्यका साथ आफु काम गरिरहेको बताए ।

नेपाली किसानका लागि मलखाद्यको समस्या प्रमुख भएकाले विकासका अरु पुर्वाधारलाई एकाध वर्ष स्थगित गरेरै भएपनि मलखाद्यको समस्या समाधानमा पहल लिने उनले बताए ।

गृह जिल्ला रौतहट आएका कृषि मन्त्री कुश्वाहाले भने, ‘नेपाली किसान एक मुठी मलखाद्यको लागि भारतमै निर्भर रहनुपर्ने अवस्थाको अन्त हाम्रोे प्राथमिकतामा छ ।’

‘किसानले भारतबाट मलखाद्य ल्याउनुभएन भने पुरै खेत बाझो हुन्छ, उत्पादन हुँदैन, यदि भारतबाट मलखाद्य ल्यायो भन्ने सरकारले किसानलाई तस्कर बनाइदिन्छ, कारबाही गर्छ,’ आफैपनि किसानको छोरा भएकाले किसानको समस्यालाई नजिकैबाट नियालेको तर्क गर्दै मन्त्री कुश्वाहाले भने, ‘ मलखाद्य समयमा उपलब्ध नहुँदा किसानको खेतको अवस्था कस्तो हुन्छ मैले महसुस गरेको छु ।’

कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्न आफु लागि परेको बताउँदै उनले अबको एक वर्ष भित्रमा किसानहरुले समयमै मलखाद्य पाउने बताए ।

२०७९ फाल्गुन १, सोमबार ०४:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय