मुकेश सिंह , फागुन ०९ गते । महोत्तरीको गाैशाला नगरपालिका-१ स्थित रामनगरमा संचालनमा रहेकाे “एभरेष्ट सुगर एण्ड केमिकल ईण्डट्रिज लिमिटेड” बाट उडेकाे खरानीले ४/५ कि.मि दुरी काे क्षेत्र प्रभावित बनाएका छन् ।
साे ईण्डट्रिजबाट उडेर आएका खरानी
रुख-बिरुवा ,तरकारी ,घरकाे छाना छानामा,झयाल-ढोका नभएका काेठा/घर भित्र छ्याप छ्यापि देखिएकाे छ स्थानिय मुकेश सिंहले बताए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

त्यति मात्र हाेईन खानाको लागि बरन्डा या घर बाहिर बसेर खाना खादा गाँस गाँसमा खरानी पर्ने गरेको बताएको छ ।
यस खरानीबाट वतावरण ,पानी ,जमिन प्रदुषण मात्र नभइ यसले स्वास्थ्यमा समेत असर पार्ने देखिएकाे छ । साे काे दिगाे साबधान पहलकाे लागि सम्बन्धित निकाइ या सराेकावालाहरुलाई ध्यानाकर्षण हाेस भने सिंह बताए ।
ई.सं.१९९४ मा स्थापना भइ हालसम्म संचालनमा रहेकाे यस ईण्डट्रिजमा धेरैजसाे यहीँका स्थानीयहरु मजदुर संगै राेजगरमा छन् र नग्दे बाली उखु घर निजिकमै बेचन पाउँदा काे सहजतालाई हरसमय यहाँकाे जनताले आत्मसाथ गरिरहदा के ईण्डट्रिज संचालकले यहाँका जनता, किसानका, मजदुरका स्वास्थयकाे खयाल गर्नु पर्छ, यदि पर्छ भने किन माैन छन स्वास्थ्य संग जाेडिएका ई संबेदनसिल कुरामा सिंहको गुनासो रहेको छ ।















