बृहत् रक्तदान कार्यक्रम

गणेश कुमार सिंह,फागुन ११ गते । आजदेखि महोत्तरी लगायत देश १५ जिल्लामा  हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

आजदेखि देखि यही २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आम औषधि अभियान सञ्चालन गरेको थियो । तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको महाशाखाले जनाएको छ । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो । तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ ।

२०७९ फाल्गुन ११, बिहीबार ०४:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय