शिव मारुती ज्वेलर्स

जनकपुरधाम ,फागुन १३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि धनुषाधाम जाने सडकखण्ड अहिले तनावग्रस्त बनेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ७ तारापट्टि बजारस्थित स्थानीयहरुले सडक तनावग्रस्त बनाएको हो । उनीहरुले टायर बालेर प्रदशर्न गरिरहेका छन् ।

शुभकामना

गएराती स्थानीय एक व्यापारीको पसलमा चोरी गर्न पसेका चोर पक्राउ गरेर प्रहरीले धनुषाधाम लगेपछि अवस्था तनावग्रस्त बनेको हो ।

तारापट्टि बजारस्थित रहेको स्थानीय व्यापारी श्याम साहको सुनचाँदी पसलमा चोरी गर्न पसेका चोर पक्राउ परेको थियो । सो चोरलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले लगेको विरोधमा स्थानीयहरु आगो बालेर प्रदर्शन गरिरहेका छन् ।

चोरी गर्न पसलमा पसेका चोरलाई वडाध्यक्ष सँजय शर्माले स्थानीय स्तरमै राखेर अनुसन्धान गर्न माग गरेपनि ईलाका प्रहरीले धनुषाधाम लगेपछि अवस्था तनावग्रस्त बनेको हो ।

यसअघि समेत श्याम साहको सुनचाँदी पसलबाट करिब १२ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएकोमा पुरानो चोरीको बारेमा समेत अनुसन्धान स्थानीय स्तरमै गर्नुपर्ने माग राखेका स्थानीयहरुले सडक जाम गरेको हो ।

जानकारी अनुसार, पक्राउ गरिएका चोर सिरहा मिर्चैयाका रहेका छन् । उनले दुई पटक दुई थरीको नाम बताएपछि प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ । तर, स्थानीयहरुले चोरलाई तारापट्टि बजारमै राखेर अनुसन्धानको लागि अपिल गरेपनि प्रहरीले पक्राउ गरी लग्दा विरोध जनाएको वडाध्यक्ष शर्माले जानकारी दिए ।

तारापट्टि बजारमा एक बर्षको अन्तरामा कैयौँ पटक चोरीको घटना भएपछि अहिले स्थानीय व्यापारीहरु आक्रोसित भएका छन् ।

२०७९ फाल्गुन १३, शनिबार ०५:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय