चन्दन कुमार ,फाल्गुन १३ गते । बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. ५ धुरहामा आयोजित दुई दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकबाट”घ”वर्गको इजाजतपत्र प्राप्त तथा राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बारा जिल्लाको देवताल वडा नं.४ पिप्राढीमा रहेको शाखा द्वारा आयोजित दुई दिने अगरबत्ती बनाउने तालिम सफलता को साथ सम्पन्न भएको छ। देशमा बेरोजगारी बढिरहेको बेला महिलाहरु लाई सीप सिकाई आत्मनिर्भर बनाउन उदेश्यका साथ संस्थाले तालिमको आयोजना गरेको संस्थाका पिप्राढी शाखा प्रमुख लक्ष्मी प्रसाद साहले बताएका छ्न । मिति २०८९ फाल्गुन ११ गते देखि सुरु भएको तालिम आज १३ गते सम्पन्न भएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अगरबत्ती बनाउने तालिममा देवताल गाउँपालिकाको वडा नं. १ देखि वडा नं.७ सम्मका महिलाहरुको सहभागिता रहेको थियो ।
उक्त तालिम कार्यक्रममा महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकाका केही वाड बाट पनि महिलाहरु तालिममा सहभागी भएका थिईन। दुई दिने अगरबत्ती बनाउने तालिममा बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको ममता अगरबत्ती उद्योगका संचालक राजु पासवान प्रशिक्षण दिनु भएको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड पिप्राढी शाखाका कनिष्ट सहायक श्याम सुन्दर पटेलले बताउनु भएको छ। अगरबत्ती बनाउने दुई दिने तालिममा प्रती दिन झन्डै ४५ /४५ जना महिलाहरुको सहभागिता तालिमका प्रशिक्षक राजु पासवानले बताए।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा आयोजित दुई दिने अगरबत्ती बनाउने तालिममा सहभागी महिलाहरुलाई आज संस्थाले तालिममा सहभागी भएको प्रमाण पत्र हस्तान्तरण गरि तालिम सम्पन्न भएको घोषणा सहित तालिम कार्यक्रममा सहभागिहरुको उज्ज्वल भविष्यको कामना गरेको थियो ।















