शिव मारुती ज्वेलर्स

जनकपुरधाम,फागुन १३ गते । जनकपुरधाम क्षेत्रस्थित मोटरसाईकल (मोसा) जुध्दा एक जनाको मृत्यू भएको छ भने अन्य तीन जनाको अवस्था गम्भिर भएको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ कुशमाहा सतोषरस्थित परिक्रमा सडकमा तीव्र गतिमा चलाएको मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक युवकको घटनास्थलमै मृत्यू भएको हो ।

शुभकामना

वडा नम्बर ९ स्थित कुशमाहा सतोषर र गेरुवाहीबीचको परिक्रमा सडक खण्ड अन्तर्गत दिउँसो करिब ३ः३० बजेको समयमा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यू हुनेमा सबैला नगरपालिका वडा नम्बर १० अमरखाना बस्ने चन्देश्वर यादवको छोरा बर्ष २३ को अजय यादव रहेको छ । उनको घटनास्थलमै मृत्यू भएको हो ।

सो घटनामा सोही स्थान बस्ने बर्ष २५ बर्षको मनोज यादव र बर्ष २४ को रबिन्द्र मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए ।

सो मध्ये एक जनाको खुट्टा नै पूर्ण रुपमा फ्याक्चर भएको जनाइएको छ ।

२०७९ फाल्गुन १३, शनिबार १२:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय